stcnepal long ad
ime life insurance
national life
global ime bank long

मुक्तिनाथ विकास बैंकको ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत वर्षको यसै अवधिको भन्दा १९.७९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४२ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ५.१० प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ ।

गत वर्ष उक्त आम्दानी २ अर्ब ८ करोड थियो । यस बैंकको सञ्चालन नाफा पनि १६.४६ प्रतिशतले बढेको छ । त्यसैले पनि नाफामा सुधार आएको हो । बैंकले यो त्रैमासमा ७१ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

यसको वितरणयोग्य नाफा ५४ करोड २८ करोड रहेको छ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३५ करोड रुपैयाँ जम्मा रहेको छ ।

यसको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ३६ पैसाले बढेर १४ रुपैयाँ २८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २८ पैसा रहेको छ । बैंकको खराब कर्जा (एनपीएल) भने २.५१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।

IME Lifesidebar
kumari