citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एनएमबि हाईब्रिड फण्ड एल–२  माघ २४ गतेदेखि बिक्रीमा आउने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएमबि बैंक लिमटेड कोष प्रबद्र्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल–२ माघ २४ गतेदेखि बिक्रीमा आउने भएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँ बरारबको १२ करोड इकाई जारी गर्न लागेको हो।

जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रबद्धर्क र १२ लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ। यसरी बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री खुला गर्न लागिएको हो।

यसमा आवेदन दिँदा घटीमा १०० इकाई र बढीमा १ करोड २० लाख इकाई माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन माघ २८ गतेसम्म दिन सकिनेछ। तर यो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा फागुन ८ गतेसम्म लम्बिनेछ।

यस अवधिभित्र कम्तीमा ६ करोड इकाईका लागि आवेदन परेको खण्डमा मात्र इकाई बाँडफाँड गरिनेछ। न्यूनतम आवेदन नपरेमा योजना खारेज गरी लगानीकर्तालाई रकम फिर्ता गरिनेछ।

यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन्। यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

gold
himalayan life insurance long ad