stcnepal long ad
ime life insurance
national life
global ime bank long

घर बनाउन तथा गाडी किन्नेका लागि ग्लोबल आइएमई बैंकको नयाँ कर्जा योजना

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कर्जा प्रवाह गर्ने योजना ल्याएको छ। सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घरजग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको जानकारी दिएको छ।

ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् र यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहनेछ।

यसै गरी बैङ्कले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा सेयरको धितोमा कर्जा दिने भएको छ।

यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट र क्रेडिट कार्ड जारी शुल्कमा र लकर सुविधामा ५०/५० प्रतिशत छुट दिने बताएको छ।

बैंककाअनुसार कोरोना (कोभिड–१९) ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जा दिन दिन लागिएको हो।

कर्जा लिन चाहने ग्राहकले आवश्यक कागजातहरू बैंकमा पेश गरेको ३ दिनभित्र बिना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन् । यो सुविधा सम्पूर्ण शाखाहरूबाट पाइने बैंकले छ।

prabhu mahalaxmi
kumari