stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नविल बैंकको सहकार्यमा कर्जा सदुपयोगिता सम्बन्धी अन्तर्क्रिया सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नविल बैंक लिमिटेडको  सहकार्यमा  टोखा विकास अनुसन्धान समाज टोखा –१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अन्तरक्रियामा कर्जा किन लिनेरु कति लिनेरु कहाँबाट लिनेरु जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरुबीचमा छलफल भएको थियो ।

नविल बैँकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

छलफलबाट प्राप्त राय सुझाव सम्बन्धीत बैंक तथा वित्तिय संस्थाहरुलाई प्रतिवेदनमार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखा –१० का अध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मीले जानकारी दिए।

यस्तै, अन्तरक्रिया उठेका राय सुझावलाई निक्षेपकर्ता र ऋणीहरुलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरु निर्देशनहरुबारे जानकारी गराउने बताइएको छ । छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवम् राष्ट्र बैँकका पूर्व सञ्चालक रामजी रेग्मीले उत्तर दिएका थिए।

prabhu mahalaxmi
kumari