citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सिटिजन्स बैंकको आकर्षक घर कर्जा योजना

७ वर्षका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको घर सपनालाई साकार पार्ने उद्देश्यले ७.९९ प्रतिशत स्थिर ब्याजदर सहितको आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ।

“सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार” भन्ने नारासहित सार्वजनिक गरिएको यस योजनाको ब्याजदर ७ वर्षसम्म स्थिर रहनेछ।

सिटिजन्स बैंकका अनुसार,७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम गरिनेछ। ग्राहकहरूले यस योजनाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्।

यस योजना अन्तर्गत ग्राहकहरूलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रदान गरिनेछ। साथै, पहिलो वर्षका लागि लकर सेवामा ५० प्रतिशत छुट को सुविधा पनि उपलब्ध गराइएको छ।

हालै मात्र “बैंक अफ द इयर २०२४” को उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले आधुनिक बैंकिङ्ग सेवामा निरन्तर नवप्रवर्तन गरिरहेको छ। बैंकले नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड समेत सञ्चालनमा ल्याइसकेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६० जिल्लामा १९७ शाखा कार्यालय, १६२ एटीएम, ३ विस्तारित काउन्टर,र ७४ शाखारहित बैंकिङ इकाइ मार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। ग्राहकहरू नजिकको सिटिजन्स बैंक शाखामा गएर यस योजनामा सहभागी हुन सक्नेछन्।

gold
himalayan life insurance long ad