stcnepal long ad
global ime bank long

प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज सोमबार साउन ५ गते अन्तिम दिन हो ।

प्रभु बैंकले गत असार २१ गतेबाट उक्त सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । यस सेयरमा साबिकका संस्थापक सेयरधनीले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२२ रुपैयाँ तोकिएको छ । यसैलाई आधार मानेर मूल्य बढाबढका आधारमा आवेदन दिनपर्नेछ ।

इच्छुक संस्थापक सेयरधनीले मुक्तिनाथ क्यापिटल, हात्तिसार काठमाडौंमा आवेदन गर्न सक्नेछन् । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

IME Lifesidebar
kumari