citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज सोमबार साउन ५ गते अन्तिम दिन हो ।

प्रभु बैंकले गत असार २१ गतेबाट उक्त सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । यस सेयरमा साबिकका संस्थापक सेयरधनीले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२२ रुपैयाँ तोकिएको छ । यसैलाई आधार मानेर मूल्य बढाबढका आधारमा आवेदन दिनपर्नेछ ।

इच्छुक संस्थापक सेयरधनीले मुक्तिनाथ क्यापिटल, हात्तिसार काठमाडौंमा आवेदन गर्न सक्नेछन् । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

IME Life
kumari