stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा बैंकको २०औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सानिमा बैंकको २०औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार बिहान ११ बजेदेखि शुरु गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३५ वटा कार्यालयहरु र १२५ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

 

IME Lifesidebar
kumari