citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनएमबि बैंकलाई विशेष अवार्ड

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएमबि बैंकलाई युएन उमन एसिया–प्यासिफिक डब्लुईपीएसले लैंगिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरेको छ ।

युएन उमन र यूएन ग्लोबल कम्प्याक्टले कार्यस्थल र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैंगिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ ।

एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरु कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गर्दै आएकोमा यो अवार्ड प्राप्त भएको जनाएको छ ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गतको यूएन उमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको विज्ञप्तिमार्फत जनाएको छ ।

एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको जनाइएको छ ।

बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

gold
himalayan life insurance long ad