हिरोले ल्यायो नयाँ भिडा भीटु इलेक्ट्रिक स्कुटर
काठमाडौं । हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर भिडा भी १ को अपडेटेड संस्करण भिडा भी२ लन्च गरेको छ । कम्पनीले सो इलेक्ट्रिक स्कुटर नयाँ रेन्जको भी २ लाइट, भी२ प्लस र भी२ प्रो गरी तीन भेरिएन्टमा ल्याएको छ । भी२ लाइट नयाँ भेरिएन्ट हो ।
भी२ लाइट सबैभन्दा सस्तो स्कुटर हो, जसमा २.२ किलोवाट ब्याट्री जडान गरिएको छ, जसले ९४ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसको टप स्पिड ६९ किलोमिटर प्रति घण्टा छ, जबकि प्लस र प्रो भेरिएन्टको टप स्पिड क्रमशः ८५ र ९० किलोमिटर प्रति घण्टा छ ।
सो स्कुटरले ४.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टासम्मको गति लिन्छ । यसमा ७ इन्चको डिजिटल टीएफटी टचस्क्रिन रहेको छ । साथै एलईडी प्रोजेक्टर हेडल्याम्प रहेको छ ।
भिडा भी२ रेन्जको प्रारम्भिक मूल्य ९६ हजार भारु राखिएको छ । कम्पनीले सो इलेक्ट्रिक स्कुटरमा ५ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी दिएको छ भने ब्याट्री प्याकमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी रहेको छ ।
भी२ प्रो भेरिएन्ट एक पटक पूर्ण चार्ज गरेपछि ९४ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । नयाँ हिरो भिडा भी२ इलेक्ट्रिक स्कुटर रेन्जले इलेक्ट्रिक स्कुटर सेग्मेन्टमा एथर रिज्टा, एथर ४५०एक्स, ओला एसवन रेन्ज, बजाज चेतक र टीभीएस आईक्युब जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ।