stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले स्काईवाक टावरको टिकट खरिदमा विषेश छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विषेश छुट पाउने भएका छन् । सो सम्बन्धी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र वन्डर्स नेपालबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार एनआईएमबीका ग्राहकहरुलाई ‘स्काईवाक टावर’ प्रवेश शूल्कमा २० प्रतिशत सम्म विषेश छुट दिने सहमति भएको छ ।

एनआईएमबीका ग्राहकहरुले १ जनादेखि ५ जनासम्मले टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने बताइएको छ ।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

बैंकले ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु दिँदै आएको छ । छुटको विवरण आफ्नो आधिकारिक वेवसाइटमा उपलब्ध गराइएको पनि बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari