stcnepal long ad
global ime bank long

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सर्वसाधारणका लागि बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको हो।

बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि यसअघि यी शेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो।

तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

IME Lifesidebar
kumari