stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंकलाई २ अर्ब बराबरको ऋणपत्र विक्री गर्न धितोपत्र बोर्डबाट अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले रु. २ अर्ब बराबरको ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले असार ३१ गते प्रभुलाई उक्त ऋणपत्र विक्री गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रतिकित्ता रू. १०० दरको २० लाख कित्ता ऋणपत्र मध्य बैंकले रु. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संगठनहरुलाई विक्री गर्नेछ भने रु. ८० करोड बराबरको ८ लाख कित्ता भने सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ ।

प्रभुले वार्षिक १० प्रतिशत व्याजदरको ८ वर्षे अवधिको प्रभु बैंक डिबेञ्चर २०८४ जारी गर्न लागेको हो । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड यो ऋणपत्र विक्री प्रबन्धकमा रहेको छ ।

prabhu mahalaxmi
kumari