stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

माछापुच्छ्रे बैंकले असोज महिनाभरि २४ ओैं वार्षिक उत्सव मनाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाइरहेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनाभर वार्षिकोत्सव अभियानको रूपमा मनाइरको छ ।

सोही अवसरमा बैंकले गत असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर वार्षिकोत्सव मनाएको थियो ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष २४ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई विशेष सुविधाहरू प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभरका शाखाहरूमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

जसअन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रमजस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

केही दिनअघि मात्रै आएको बाढी पहिरोमा परी विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउँपालिका १ र २ का बाढी पहिरो पीडित घरपरिवारलाई दुई सय थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ ।

बाढी पहिरोका कारण विभिन्न स्थानमा बाटो अवरुद्ध हुँदा बैंकले उक्त ब्लाङ्केटहरू रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको थियो । यसलगायत बैंकका विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट स्थानीय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ ।

यसैगरी, बैंकले २४ औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरू सञ्चालनमा ल्याएको छ ।

बैंकले असोज १ देखि ३० गतेसम्मको अवधिमा बैंकको मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट (एप) डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ ।

जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ ।

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुस्ट दुई हजार चार सय रूपैयाँ मात्रामा प्रदान गरिरहेको छ ।

साथै, बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट (एप) सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ ।

यस बैंकको १६५ वटा शाखा कार्यालयहरू २०१ वटा एटीएम, १११ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउन्टर तथा १६ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।

prabhu mahalaxmi
kumari