sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

माछापुच्छ्रे बैंकले असोज महिनाभरि २४ ओैं वार्षिक उत्सव मनाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाइरहेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनाभर वार्षिकोत्सव अभियानको रूपमा मनाइरको छ ।

सोही अवसरमा बैंकले गत असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर वार्षिकोत्सव मनाएको थियो ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष २४ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई विशेष सुविधाहरू प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभरका शाखाहरूमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

जसअन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रमजस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

केही दिनअघि मात्रै आएको बाढी पहिरोमा परी विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउँपालिका १ र २ का बाढी पहिरो पीडित घरपरिवारलाई दुई सय थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ ।

बाढी पहिरोका कारण विभिन्न स्थानमा बाटो अवरुद्ध हुँदा बैंकले उक्त ब्लाङ्केटहरू रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको थियो । यसलगायत बैंकका विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट स्थानीय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ ।

यसैगरी, बैंकले २४ औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरू सञ्चालनमा ल्याएको छ ।

बैंकले असोज १ देखि ३० गतेसम्मको अवधिमा बैंकको मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट (एप) डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ ।

जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ ।

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुस्ट दुई हजार चार सय रूपैयाँ मात्रामा प्रदान गरिरहेको छ ।

साथै, बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट (एप) सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ ।

यस बैंकको १६५ वटा शाखा कार्यालयहरू २०१ वटा एटीएम, १११ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउन्टर तथा १६ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।

prabhu bank
nawakantipur long