citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट KIOCH लाई सहयोग हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत Kathmandu Institute of Child Health (KIOCH) लाई रु.पचास लाख सहयोग गरेको छ ।

उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा.भगवान कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायव महाप्रबन्धक सुर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने लगायतका पदाधिकारीहरु तथा उक्त संस्थाको तर्फबाट डा.भगवान कोइराला, भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैंकबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्य लिई स्थापना भएको Kathmandu Institute of Child Health (KIOCH) ले काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।

IME Life
kumari