citizens life insurance long ad
stcnepal long ad

मुक्तिनाथ विकास बैंक र त्रिशूली बिच रिसोर्ट बिच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुका लागि थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली बिच रिसोर्टसँग विभिन्न सेवा सुविधाहरुमा छूट दिने सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौतापश्चात कम्पनीका ग्राहकहरुले उक्त रिसोर्टमा बसाई तथा खानामा १५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

छूट सुविधा प्राप्त गर्नका लागि कम्पनीका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्डरप्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइलर इन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नुपर्ने छ ।

कम्पनीले नेपालमै टिक्न सजिलो छ भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको बताएको छ ।

कम्पनीले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु प्रदान गर्दै आइरहेको पनि बताएको छ।

IME Life
kumari