गुराँस लघुवित्तले लाभांश घोषणा गर्यो
काठमाडौँ । गुराँस लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । लघुवित्त कम्पनीको १४२ औँ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकमा प्रस्ताव पेस हुनेछ । राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण हुनेछ । हाल यस कम्पनीको मूल्य प्रतिकित्ता १९ सय हाराहारीमा छ ।