citizens life insurance long ad
stcnepal long ad
national life

ज्योति विकास बैंक र ट्याकुलिटि स्पाबीच विशेष छुट सम्म्झौता

Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंक र ट्याकुलिटि स्पाबीच सम्झौता भएको छ । ज्योति विकास बैंकका ग्राहकहरुलाई ट्याकुलिटि स्पाको सेवामा ३० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धीमा सम्झौता भएको हो ।

यस सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरूले ट्याकुलिटि स्पाका देशभर रहेका १७ वटै आउटलेटहरूको हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, Tranquility Wellness Card (TWC)  धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन्।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

himalayan life insurance
igi long