stcnepal long ad
ime life insurance
national life
global ime bank long

सवारी सेवा नेपाललाई राइड सेयरिङको पहिलो अनुमति, पोखराबाट सेवा सुरु गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा । गण्डकी प्रदेशमै पहिलो पटक राइड सेवा सञ्चालनका लागि सवारी सेवा नेपाल प्रा.लिले अनुमति पाएको छ । देशमै पहिलो पटक राइड सेयरिङलाई अनुमति दिने कानुन बनाएको गण्डकी प्रदेशले यसका लागि सवारी सेवा नेपाललाई यस प्रकारको अनुमति दिएको हो ।

सवारी सेवा नेपालका अध्यक्ष राजनकुमार श्रेष्ठले यसका लागि आवश्यक तयारी भइरहेको र पहिलो चरणमा २० वटा सवारी साधनमार्फत सेवा सञ्चालन गरिने बताए ।

कम्पनी दर्ता गर्दा २० वटा सवारी साधन अनिवार्य हुनुपर्ने व्यवस्था बमोजिम त्यही अनुसारका सवारी साधनको  व्यवस्था  गरेको र हाल सम्म करिव २०० राइडरहरु यसमा आवद्ध भइसकेको श्रेष्ठले बताए ।

आगामी ३ वर्ष भित्रमा दुईपांग्रे ५० हजार र चारपांग्रे ५ हजार सवारी साधन पु-याएर ३ वर्ष भित्रमा कम्पनीले लगानी गरेर आफ्नै प्लेटफर्ममा वितरण गर्ने लक्ष्य रहेको उनले बताए ।

यसरी सबै ईभी सवारीमार्फत युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्य रहेको समेत श्रेष्ठले बताए । यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले अनुमति दिएपछि यही साताभित्रै सवारी सेवाले राइड सेयरिङ सेवा थाल्ने तयारी गरेको छ ।

तीन वर्षको प्रयास पश्चात नेपालमै पहिलो पटक राइड सेयरिङ चलाउने अनुमति पाएको र पोखराबाट सेवा सुरु गर्ने श्रेष्ठले बताए । यो कम्पनीले राइडर र सेवाग्राही दुवैका लागि छुट्टाछुट्टै एप बनाइसकेको छ । आगामी दिनमा काठमाडौंमा समेत सेवा सुरु गर्ने योजना रहेको उनले बताए ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, गण्डकी प्रदेश राइड सेयरिङ नियमावली २०८२ र गण्डकी प्रदेश आर्थिक ऐन, २०८३ बमोजिम राइड सेयरिङ सेवाको अनुमति र नियमन गर्न लागिएको हो ।

अनुमतिका लागि दुईपांग्रेको २५ हजार र चारपांग्रेको ५० हजार र दुवै सेवाका लागि ७० हजार रुपैयाँ शुल्क बुझाउनु पर्छ । प्रतिसवारी साधन दर्ता शुल्क दुईपांग्रेको हकमा दुई हजार पाँच सय र चारपांग्रेको हकमा १० हजार तोकिएको छ ।

कास्कीमा हालसम्म पाँच वटा कम्पनीले दर्ताका लागि निवेदन दिएका थिए । सजिलो नेपाल प्रा.लि, सवारी सेवा नेपाल लिमिटेड, इकोमो नेपाल प्रा.लि, जेम्स ग्रिन इलेक्ट्रो मोबिलिटी सर्भिस प्रा.लि र मुभ इन नेपाल प्रा.लि सेवा सञ्चालनका लागि सूचीकृत भएका छन् ।

भाडामा गाडी लिएर आफैँ चलाउने सेवा (सेल्फ ड्राइभ) सेवा सञ्चालनका लागि भने कुनै कम्पनीले पनि आवेदन गरेका छैनन् ।

IME Lifesidebar
kumari