निक्षेपको तुलनामा कर्जाको विस्तार निकै कम
काठमाडौं । कर्जाको माग कम हुने क्रमले निरन्तरता पाएसँगै सिडी रेशियो ७१ प्रतिशतभन्दा कममा आएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन १ गते सीडी रेशियो घट्दै ७०.७९ प्रतिशत कायम भएको छ। अघिल्लो दिन सीडी रेसियो ७१.०६ प्रतिशत थियो ।
सीडी रेसियो घट्दा बैंकमा निक्षेप थुप्रिएको संकेतको रुपमा हेर्न सकिने र अर्थतन्त्रमा नयाँ परियोजनाहरु निर्माण हुने क्रम सुस्ताएको संकेतको रुपमा हेर्न सकिन्छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार निक्षेप शुक्रबारसम्म ८२ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा ५९ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।





















