ग्लोबल आइएमई बैंकद्वारा सीईओ पर्शुराम कुँवर क्षेत्रीको राजीनामा स्वीकृत
काठमाडौं । पुँजीको आधारमा ठूलो बाणिज्य बैंक मानिएको ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री बैंकको जिम्मेवारीबाट बाहिरिनु भएको छ ।
कुँवर क्षेत्रीले आफ्नो पदबाट दिनु भएको राजीनामा आज बैंकको सञ्चालक समितिले स्वीकृत गरेको छ । स्वास्थ्यको कारण देखाएर क्षेत्रीले प्रमुख कार्यकारी अधिकृत पदबाट केही साता अघि नै राजीनामा दिनु भएपनि आज मात्र बैंकले स्वीकृत गरेको बताइएको छ ।
ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएर ग्लोबल आइएमई बनेपछि क्षेत्री पुँजीका आधारमा मुलुकको सबैभन्दा ठूलो बाणिज्य बैंक मानिएको ग्लोबल आइएईको प्रमुख कार्यकारी अधिकृत सीईओ बन्नु भएको थियो ।
मर्ज भएपछि क्षेत्रीको नेतृत्वलाई बैंकले कुशल नेतृत्वको रुपमा ग्रहण गर्दै आएको थियो । क्षेत्रीको राजीनामा स्वीकृत भए पछि डेपुटी सीईओ महेश ढकालले कायम मुकायमको जिम्मा दिइएको ग्लोबल आइएमई बैंकले जनाएको छ ।






















