सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच छुट सम्झौता
![image image](https://www.aarthiksanjal.com/wp-content/uploads/2024/07/sidhar.jpg)
काठमाडौं । सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच छुटसम्बन्धी सम्झौता भएको छ । हेयर एन्ड ब्युटिपार्लरका १३ शाखामा बैंकका ग्राहकले छुट पाउने सम्झौतापत्रमा उल्लेख छ ।
छुट प्राप्त गर्न बैंकका ग्राहकले कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्नुपर्नेछ । यसरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
यो सम्झौताले ग्राहकलाई सुविधा सँगसँगै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।