citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

निफ्राको १० लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक १० लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ । बैंकले असार १० गतेदेखि यो सेयर लिलामी बिक्री खुला गरेको हो ।

gold
himalayan life insurance long ad