श्रीचन्द्र भट्ट ज्योति विकास बैंकको सीइओमा नियुक्त
काठमाडौँ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले उनलाई ४ वर्षे कार्यकालको लागि सीईओ नियुक्त गरेको हो ।
उनीसँग आइएमई लाइफ इन्स्योरेन्सको सीईओ भई कार्य गरेको अनुभव रहेको छ । त्यसैगरी मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ ।
भट्टसँग रेमिट टु नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभब समेत रहेको छ । बैंकका सीईओ मनोज ज्ञवालीको बैशाख १५ गते राजीनामा स्वीकृत भएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।




















