citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमै शेयर बिक्रीमा राखेको हो ।

यो शेयरमा सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले खरीदका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक व्यक्ति वा संस्थाले १५ दिनभित्र काठमाडौंको नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई निवदेन दिनु पर्नेछ ।

निवेदन दिंदा न्यूनतम एक हजार कित्ता शेयरका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long