citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साढे २१ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरणगर्दै 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साढे २१ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यसले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

मंगलबार (जेठ २९ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार जेठ २८ गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असार २५ गते परिपक्व हुनेछ ।

साथै, ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी भदौ २५ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी मंसिर २५ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

gold
himalayan life insurance long ad