sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सिटिजन्स बैंकका ग्राहकले किरण आई हस्पिटलको सेवामा ४० प्रतिशत छुट पाउने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले पर्साको वीरगञ्जसिथत किरण आई हस्पिटलको विभिन्न सेवामा ४० प्रतिशत छुट पाउने भएका छन् ।

छुट सुविधा उपलब्ध गराउन बैंकले सो अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले किरण आई हस्पिटलका सेवाहरुमा ४०% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट १७ लाख ४९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

gold
kumari bank
nawakantipur long