stcnepal long ad
ime life insurance
national life
global ime bank long

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राखे ३९ अर्ब ७५ करोड निक्षेप

बैंक तथा वित्तीय संस्थाले आइतबार मात्रै ३९ अर्ब ७५ करोड रुपैयाँ निक्षेप राखेका हुन्

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आइतबार जेठ २० गते नेपाल राष्ट्र बैंकमा करिब ४० अर्ब रुपैयाँ निक्षेप राखेका छन् ।

बैंक तथा वित्तीय संस्थाले आइतबार मात्रै ३९ अर्ब ७५ करोड रुपैयाँ निक्षेप राखेका हुन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्दै आएका छन् ।

गत फागुन १ गतेबाट केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको थियो । उक्त सुविधा ल्याएपछि हालसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा १५ खर्ब ८० अर्ब भन्दा बढी रकमको निक्षेप सुविधा लिएका छन् ।

बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमै उक्त निक्षेप जम्मा गरेका हुन् । स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन् । यसरी राखेको रकम ४ दिनसम्म झिक्न मिल्दैन ।

 

IME Lifesidebar
kumari