citizens life insurance long ad
stcnepal long ad

एनएलजी इन्स्योरेन्सको बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको गत फागुन ३ गते सम्पन्न भएको १८औं वार्षिक साधारण सभाले पारित गरेको ५ दशमलव ५० प्रतिशत बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले माघ २४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनश शेयर जम्मा गराएको जनाएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्रै शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनश शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, माघ २४ गतेसम्म शेयर धितो बन्धक राखि कर्जा लिएका शेयरधनीको हकमा बोनश शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

साथै सो मिति पश्चात रोक्का राखिएका शेयरधनीको बोनश शेयर सम्बन्धीत डिम्याट खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाले उक्त शेयरधनीको शेयर रोक्का रहे नरहेको यकिन गरी रोक्का राख्नुपर्ने भए बोनश शेयर समेत रोक्का राख्नेतर्फ आवश्यक पहल गर्न आग्रह गरेको छ ।

IME Life
kumari