stcnepal long ad
ime life insurance
national life
global ime bank long

मुक्तिनाथ विकास बैंकका ग्राहकले स्काइवाक टावरको टिकट खरिदमा आकर्षक छुट पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वन्डर्स नेपाल प्रालिसँग व्यावसायिक सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा प्रदान गर्न उक्त संसथासँग सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदको क्रममा मुक्तिनाथ विकास बैंकका ग्राहक तथा कर्मचारीले १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्नेछ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिजा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएमबाट पनि निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

IME Lifesidebar
kumari