stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्स प्राप्तिपछि एनसीएचएलले एकीकृत कारोबार आजदेखि गर्ने

सोमबारदेखि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले एकीकृत कारोबार सुरु गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भुक्तानी प्रदायक सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स (नेप्स)लाई प्राप्ति (एक्विजिसन) पछि सोमबारदेखि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको तीव्र दबाबपछि एनसीएचएलले नेप्सलाई प्राप्ति गरेको हो । यसका लागि २०८० चैत २३ मा यी दुई कम्पनीबीच सैद्धान्तिक सहमति भएको थियो ।

राष्ट्र बैंकले सूचना जारी गरेर यही जेठ २१ सोमबार देखि ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’को नामबाट मर्जरपछिको नयाँ कम्पनी सञ्चालनमा आउने जानकारी दिएको छ ।

बैंक वित्तीय संस्थाबाट प्रवर्द्धित दुवै संस्था नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका संस्था हुन् ।

नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागि कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको छ भने एनसीएचएलले कार्डबाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्ममार्फत सेवा दिँदै आएको छ । अब एउटै संस्थामार्फत उल्लिखित सेवा प्रदान हुनेछन् ।

IME Lifesidebar
kumari