sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने खनिया

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अर्जुनराज खनिया एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।

यसअघि सोही बैंकको सहायक महाप्रबन्धक पदमा कार्यरत खनियालाई बढुवा गरी बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।

खनियासँग बैंकिङ क्षेत्रमा काम गरेको दुई दशकभन्दा लामो अनुभव छ । नेपाल बैंक लिमिटेडबाट वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालीन बैंक अफ एसिया नेपालको शाखा प्रमुखका रूपमा नियुक्त भएका थिए ।

खनियाले त्यसपछि एनआईसी एसिया बैंकका विभिन्न विभागहरूमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनी हाल बैंकको प्रमुख सूचना अधिकारीका रूपमा कार्यरत छन् ।

gold
prabhu bank
nawakantipur long