citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख १६ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । दुवै कम्पनीले (चैत २५ गते) देखि लिलामी सेयर बिक्रीमा ल्याएका हुन् ।

जसमा प्रभु बैंकको ६१ हजार ७६२ कित्ता सेयर रहेको छ । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यस्तै, स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता रहेको छ । यसमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

दुवैको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लिलामी आवेदन लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्न सकिनेछ ।

himalayan life insurance
igi long