stcnepal long ad
ime life insurance
national life
global ime bank long

अर्जुन राज खनियालाई एनआईसी एसिया बैंकको डेपुटी सिईओ बनाउने निर्णय

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड व्यवस्थापनले यसअघि सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

२०६१ सालदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु भएका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव हासिल गरेका छन् ।

सन् २०६१ सालमा मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भई कार्यप्रारम्भ गरेका थिए ।

बैंकअफ एसिया मर्ज भई हालको एनआईसी एसिया बनेको हो । खनियाले बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमिकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिँदै आएका थिए ।

पछिल्लो समय विगत केही वर्षदेखि खनिया हाल बैंकको रणनीतिक सेवा प्रवाह व्यवस्थापन, एक्पिरियन्स एसुरेन्स इकोसिष्टम, प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको रुपान्तरण यात्रामा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गरेको भन्दै खनियालाई बैंक व्यवस्थापनले डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण गरेका खनिया लामो समयदेखि उच्च व्यवस्थापन तहमा रहेर बैंकमा उत्कृष्ट नतिजा दिने गरी काम गर्दै आएका थिए ।

बैंकको जनतासँगको सम्बन्ध उत्कृष्ट बनाउन भूमिका निर्वाह गरेका खनिया डपुटी सिईओमा बढुवा भएसँगै अझै उत्कृष्ट सेवा प्रवाह, सरल बैंकिङमा ध्यान पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

prabhu mahalaxmi
kumari