stcnepal long ad
ime life insurance
national life
global ime bank long

मालपोत कार्यालयका खरिदार सहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं, वैशाख १४ गते । मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलले नेपाल सरकारको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको देखिएकोले भ्रष्टचार निवारण ऐन, २०५९ बमोजिम बिगो छ लाख १८ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो ।

तत्कालीन श्री ५ को सरकारको नाममा कायम भएको सोलुखुम्बु, जुभिङ्ग गाविस वडा नं. ५ को कित्ता नम्बर ५७९, ५८१ र १५२ बाट कित्ताकाट भइ कित्ता नं. ६२०, क्षेत्रफल ३१००।०० वर्गमिटर, कित्ता नं। ६२२, क्षेत्रफल २५००.०० वर्गमिटर र कित्ता नं. ६२४, क्षेत्रफल ४७००.०० वर्गमिटर जग्गा बदनियतपूर्वक बुद्धमाया थापा मगरको जग्गाधनी दर्ता प्रमाण पुर्जामा गैरकानुनी तरिकाले थप गरी, गराइ र सोही जग्गाधनी प्रमाण पुर्जाको आधारमा जग्गाधनी दर्ता श्रेष्ता समेत कायम गरी नेपाल सरकारको जग्गा व्यक्ति विशेष बनाएको आरोप लागेको छ ।

नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलाले गैरकानुनी तरिकाले प्लट रजिष्टर कायम गरी नेपाल सरकारको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको आरोप लागेको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं १ बस्ने बुद्धमाया थापामगर र निजको नाति रामकृष्ण थापामगरले सरकारी निकायको कागजातमा गैरकानुनी तरिकाले थपघट गरी नेपाल सरकारको जग्गा आफ्नो नाममा दर्ता गरेको आरोप लागेको छ ।

यसैगरी, प्रतिवादीहरु फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्वर्गिय मिङमा ल्हमू शेर्पाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम नेपाल सरकारको नाममा जग्गा फिर्ता ल्याउने प्रयोजनको लागि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

prabhu mahalaxmi
kumari