citizens life insurance long ad
stcnepal long ad
national life

प्राइम कमर्सियल बैंकको १६.६६% ले खुद नाफा वृद्धि गर्न सफल 

खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १६.६६% ले खुद नाफा वृद्धि गर्न सफल भएको छ । बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा १६.६६% ले बढेर २ अर्ब ८७ करोड ८७ लाख ४६ हजार रुपैयाँ पुगेको हो ।

यस अवधिमा खुद ब्याज आम्दानी ५.६९% ले बढेर ५ अर्ब ७८ करोड ३८ लाख १० हजार रुपैयाँ पुगेको छ ।

यता, इम्पेयरमेन्ट चार्ज पनि १०.३८% ले घटेर ८९ करोड ५० लाख रुपैयाँमा आएपछि खुद नाफामा सुधार भएको हो । प्राइम बैंकको खराब कर्जा भने ३.०६५ बाट बढेर ४.२९% पुगेको छ ।

जगेडा कोषमा पनि २१.८५% सुधार हुँदै १० अर्ब रुपैयाँ नाघेको छ । खुद नाफा बढेपछि यस बैंकको प्रतिसेयर आम्दानी पनि २.८२ रुपैयाँले बढेर १९.७८ रुपैयाँ पुगेको छ ।

himalayan life insurance
igi long