evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाए

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ८.७६ प्रतिशतले कम हो । गत वर्ष यसले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेपनि नाफा भने घटेको छ । खर्च बढ्दा नाफामा असर परेको बैंकले जनाएको हो । यस बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । ३ अर्ब ३३ करोड रहेको उक्त चार्ज अहिले घटेर ३ अर्ब २३ करोड झरेको छ ।

सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । नबिलको खराब कर्जा दर १.९८ प्रतिशत विन्दुबाट घटेर १.२७ प्रतिशत कायम भएको छ । हाल यस बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी १।९७ रुपैयाँले घटेर २३.२४ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २०८.३९ रुपैयाँ छ ।

igi long
himalayan life insurance long ad