citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशत घट्यो

अधिकांश सूचकको ओरालो यात्रा, प्रतिशेयर आम्दानीमा पहिरो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा ३६.७२ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

जुन गत आर्थिक वर्षको भन्दा ६७ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

अघिल्लो आवको तेस्रो त्रैमासम्म २.३७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.६८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकले कुल सञ्चालन आम्दानी ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

कम्पनीको संचालन नाफा १ अर्ब ९४ करोड रुपैयाँबाट घटेर १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य नाफा नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

१७.५७ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी घटेर ९.८१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ४ पैसा रहेको छ ।

gold
himalayan life insurance long ad