stcnepal long ad
nabil bank
macchha(MBL)

नारायणी डेभलपमेन्टबैंकको २२ औं वार्षिक साधारण सभा वैशाख १८ गते

बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा वैशाख १८ गते बस्ने भएको छ ।  यता, बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ ।

साधारण सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । साधारण सभामा बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।साधारण सभा,  होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari