माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः सन्तोष कोइराला नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । बैंकले २०८१ वैशाख १ गतेदेखी लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।
बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले कोइरालालाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो । उनको पहिलो कार्यकाल आज सकिँदैछ ।
त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्यान्डको कलेजबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’मा डिप्लोमा पनि गरेका छन् ।