stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बैंकको ११ लाख १६ हजार बढी कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक समूहको कुल ११ लाख १६ हजार ५७३ कित्ता शेयर बिक्रीमा राखिएको हो।  संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको १० लाख ५६ हजार ९१७ कित्ता र दीपकराज दलीको ५९ हजार ६५६ कित्ता रहेको छ।

यसअघि यी शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि खुला गरिएको थियो। तर, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। यसका लागि आफूले लिन चाहेको शेयर संख्या र मूल्य खुलाई काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा निवेदन दिन सकिनेछ।

IME Lifesidebar
kumari