citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ २०२४ को अवार्ड

बैङ्कको कुशल व्यवस्थापन र ग्राहकको सन्तुष्टिले यो उपाधि जित्न सफल भएको बैङ्कका अध्यक्ष पौडेलको भनाइ छ ।

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ २०२४ अवार्ड जितेको छ ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले न्यु बिजनेस एज प्रा.लि.ले काठमाडौँमा गत शुक्रबार गरेको न्यु बिजनेस कन्क्लेभ एन्ड अवार्ड–२०२४ अन्तर्गत विकास बैंकमध्ये शाइन रेसुङ्गा उत्कृष्ट हुँदै अवार्ड जितेको बताए ।

यसअघि बैङ्कले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड जितेको अध्यक्ष पौडेलले बताए । त्यसै गरी बैंकले गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैकिङ’ अवार्ड जितेको थियो । बैङ्कको कुशल व्यवस्थापन र ग्राहकको सन्तुष्टिले यो उपाधि जित्न सफल भएको बैङ्कका अध्यक्ष पौडेलको भनाइ छ ।

“यो उपाधि जित्नुमा बैङ्कका कर्मचारी सहित सरोकारवाला सबैको रचनात्मक साथ छ, यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको पौडेलको भनाइ छ ।

शाइन रेसुङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैङ्कको आठ अर्ब अधिकृत पुँजी र चार अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ ।

बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटिएम सञ्चालनमा छन् । बैंकका अनुसार अन्य विधातर्फ बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ अवार्ड सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले, बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले, बेस्ट फाइनान्स कम्पनी अवार्ड मञ्जुश्री फाइनान्स लिमिटेडले, बेस्ट कमर्सियल बैङ्क सर्भिसिङ मार्जिनालाइज्ड जियोग्राफिकल एरियाज अवार्ड कृषि विकास बैङ्कले जितेको छ ।

himalayan life insurance
igi long