stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंकको धर्मस्थलीमा २०७ औं शाखा 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले सोमबारदेखि काठमाण्डौंको तारकेश्वर धर्मस्थलीमा २०७ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धर्मस्थली शाखा कार्यालयको उदघाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले गरेका थिए । बैंकको धर्मस्थलीमा शाखा कार्यालयको उदघाटन गर्दै प्रमुख अतिथि बोहोराले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताउँदै प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । बैंकको धर्मस्थली शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा धर्मस्थली शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

prabhu mahalaxmi
kumari