stcnepal long ad
global ime bank long

चौतारी लघुवित्तको नाफा दुुई करोड ६५ लाख

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं, माघ २० चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ६५ लाख ३२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आ.व.को सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड पाँच लाख १६ हजार रूपैैयाँ रहेको थियो । चुक्तापुँजी १९ करोड ९० लाख २० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ५९ करोड ५१ लाख ८६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ५६ लाख ५० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड १५ लाख ७३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७९ लाख ८४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३३ करोड २४ लाख ३० हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ करोड ८० लाख २४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ८२ लाख ४६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५७ लाख ३५ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६८ प्रतिशत रहेको थियो ।

IME Lifesidebar
kumari