stcnepal long ad
ime life insurance
national life
global ime bank long

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले श्री कादमबरी एकेडेमी, श्रीपूर वीरगंजमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा दश  अध्यनका  लागि स्वर्गीय  हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्.। हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन् ।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पु¥याउने उद्देश्यले रु।पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे ।

आमाको माया छात्रावासका अध्यक्ष श्री भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरीय शिक्षामा टेवा पु¥याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे ।

आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

IME Lifesidebar
kumari