stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुगुको सोरु गाउँपालिका–९ मा पर्ने सिड्डिखोला फुकलछडा सिँचाइ कुलो निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले इन्जिनियर पाण्डे, महेश सिंह कठायत, सब–इन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सव–इन्जिनियर सर्जन शाहीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिकी अध्यक्ष दीपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला प्राविधिक कार्यालय मार्फत आर्थिक वर्ष २०७२/७३ मा सञ्चालित सिँचाइ आयोजनामा तत्कालीन कार्यालय प्रमुख पाण्डेसहित प्राविधिकहरूले नभएको कामलाई भएको भनेर नक्कली बिल भर्पाइ बनाएर रकम भुक्तानी गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले पाण्डे विरुद्ध १४ लाख १७ हजार ९३५ रुपैयाँ, कठायत विरुद्ध १२ लाख ३६ हजार ९०१ रुपैयाँ, सबइन्जिनियर रोकायाविरुद्ध एक लाख ९१ हजार २०६, शाही विरुद्ध १० लाख ४५ हजार ६९४ रुपैयाँ बिगो माग गरेको छ ।

अख्तियारले सिँचाइ उपभोक्ता समितिका पदाधिकारीहरुले भने सम्झौता र इस्टिमेट बमोजिम काम नगरेको पाइएको बताएको छ ।

स्थलगत नापजाँच र प्राविधिक प्रतिवेदन अनुसार मूल्यांकन हुँदा यथार्थ काम भन्दा १४ लाख १७ हजार ९३५ रुपैयाँ बढी भुक्तानी भएको देखिएको अख्तियारको दाबी छ ।

 

IME Lifesidebar
kumari