नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन अवधिको ८ अर्ब रुपैयाँ बराबरको, ९१ दिन अवधिको ८ अर्ब ५० करोड रुपैयाँ र ३६४ दिन अवधि भएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
२८ दिन अवधिको ट्रेजरी बिल आगामी चैत २७ गते, ९१ दिन अवधिको जेठ २९ गते र ३६४ दिन अवधिको २०८१ फागुन २७ गते परिपक्व हुनेछ ।
मंगलबार फागुन २९ गते जारी हुने यस ट्रेजरी बिलका लागि आइतबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।