stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने 

थप ५ अर्ब उठाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ भने थप ५ अर्ब रुपैयाँ उठाउने भएको छ।

राष्ट्र बैंकले ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो भने ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८१ फागुन १३ गते र २०८१ जेठ ८ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल फागुन १५ गते जारी हुनेछ। यसको बोलकबोल भोलि सोमबार फागुन १४ गते दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

IME Lifesidebar
kumari