stcnepal long ad
ime life insurance
national life
global ime bank long

वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानी सहज बनाउने सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बैंक तथा वित्तीय संस्थालाई  एपीआई म्यानेजमेन्ट सिस्टम(एपीआईएमएसु उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने समझदारी भएकोछ।

सो समझदारीपत्रमा वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रताप श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार नेपाल क्लियरिङ हाउस मार्फत हुने क्रस बोर्डर भुक्तानी प्रणाली सञ्चालन गर्न वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस ुकार्यान्वयन साझेदारु हुनेछ।

यसका लागि वान प्वाइन्टले भारतको नेसनल पेमेन्ट कर्पोरेसन(एनपीसीआई) को स्ट्यान्डर्ड अनुसार विकास गरेको भर्चुअल पेमेन्टएड्रेस–भीपीए मोड्युल नेपालका बैंक तथावित्तीय संस्थाहरूलाई प्रदान गर्नेछ। यसबाट एनसीएचएल मार्फत हुने भारतसँगको क्रस बोर्डर भुक्तानी प्रणाली कार्यान्वयनमा आउने छ।

भारतसँगको कर्स बोर्डर भुक्तानीका लागि भारतको नेसनल पेमेन्ट कर्पोरेसनसँग नेपाल क्लियरिङ हाउसले नेपालका बैंक वित्तीय संस्थाको स्विचको रूपमा काम गर्छ।

बैंक वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षितर विश्वसनीय डिजिटल प्रणाली तथा प्लाट फर्म उपलब्ध गराउँदै आएको छ।

हालसम्म १३ वटा वाणिज्य बैंक सहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थालाई वान प्वाइन्टले डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको छ।

वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक, नविल बैंक, एभरेसष्ट बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वान प्वाइन्टले विकास गरेका विभिन्न डिजिटल भुक्तानी प्रणाली र च्यानलहरू प्रयोगमा ल्याइ रहेका छन्।

त्यस्तै आईएमईरेमिट, जीएमईरेमिट, थैली, छिटो पैसा लगायतले पनि वान प्वाइन्टको डिजिटल प्लाट फर्म प्रयोगमा ल्याएका छन्।

 

 

IME Lifesidebar
kumari