stcnepal long ad
ime life insurance
global ime bank long

३० लाख घातक रोग बीमा दावी रकम एनआईसी एशिया बैंकद्वारा भुक्तानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एनआईसी एशिया बैंकले घातक रोग उपचार बीमा वापत दुई जना ग्राहकहरूलाई १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खालेका नवलपरासी भुमई निवासी दीपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खालेका काठमाडौँ बुढानिलकण्ठ निवासी बसन्तराज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो ।

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको हो ।

prabhu mahalaxmi
kumari