macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कुमारी बैंकको माघ २८ गते आइतबार साधारण सभा बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंक लिमिटेडको माघ २८ गते आइतबार साधारण सभा बस्दैछ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

himalayan life insurance
igi long
NTA long ad